×

नवलपुर – नवलपुरको गैँडाकोटमा रहेको एम्स एब्रोड एजुकेशन प्रालिले जापानी भाषा सिक्न चाहने विद्यार्थीलाई विशेष सुविधा दिने उद्देश्यसहित मासिक दुई हजार रुपैयाँमै भाषा कक्षा सञ्चालन गर्ने भएको छ।

एम्सले भदौ र असोज महिनाभित्र भर्ना हुने विद्यार्थीलाई मासिक शुल्क रु २ हजारमै जापानी भाषा सिकाउने घोषणा गरेको हो। सामान्यतया भाषा कक्षा शुल्क धेरै हुने भए पनि यस संस्थाले विद्यार्थीहरूको सुविधा र पहुँचलाई ध्यानमा राख्दै शुल्क न्यून बनाएको बताइएको छ।

आज गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै संस्थाका सीईओ कृष्ण कंडेलले आर्थिक अवस्था कमजोर भएकाहरुलाई समेत सहज बनाउन मासिक शुल्क घटाइएको बताए। उनले भने, “हामी विद्यार्थीहरूको भविष्यलाई केन्द्रमा राखेर काम गर्छौं। जापानी भाषा सिक्न चाहने तर आर्थिक कारणले अड्किएका विद्यार्थीलाई सहयोग पुगोस भन्ने उद्देश्यले मासिक दुई हजारमै कक्षा सञ्चालन गर्न लागेका हौं।”

कंडेलका अनुसार भाषा मात्र नभई विदेश अध्ययनका सम्पूर्ण तयारी प्रक्रियामा एम्स एब्रोडले विद्यार्थीलाई सहयोग गर्दै आएको छ। विशेषगरी जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका मुलुकमा उच्च शिक्षा अध्ययनका लागि संस्थाले विगत लामो समयदेखि परामर्श सेवा प्रदान गर्दै आएको छ।

उनले थपे, “हामीले पठाएका विद्यार्थीहरू विश्वका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा भर्ना भई अध्ययनरत छन्। यसले हाम्रो सेवाप्रति विद्यार्थी र अभिभावकको विश्वास अझै बढाएको छ।”एम्स एब्रोड एजुकेशन गैँडाकोट मात्र नभई चितवन–नवलपुर क्षेत्रकै अग्रणी शैक्षिक परामर्श केन्द्रका रूपमा परिचित छ। संस्थाले विद्यार्थीलाई भाषादेखि भिसा प्रक्रियासम्म सम्पूर्ण सहयोग गर्दै आएको छ।

भाषा सिकाइलाई सस्तो र पहुँचयोग्य बनाउन गरिएको यो पहलले स्थानीय विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने संस्थाले जनाएको छ। जापानमा अध्ययन तथा रोजगारी दुबैका लागि जापानी भाषा सिक्नु अनिवार्य हुने भएकाले यस कक्षाबाट धेरै विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया