×

चितवनको कालिका नगरपालिका–३, बनकट्टा स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एउटै मोटरसाइकलमा सवार चारै जना घाइते भएका छन्।प्रहरीका अनुसार राति करिब १२:५० बजे ना ५४ प १९१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा कालिका नगरपालिका–५ का २६ वर्षीय समिर महतो हातखुट्टामा चोट लागी मध्यम घाइते भएका छन् र हाल भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन्।
सोही ठाउँका २८ वर्षीय किस्न मर्दनिया (मोटरसाइकल चालक) सामान्य घाइते भई नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
त्यस्तै, सोही मोटरसाइकलमा सवार २७ वर्षीय अनिष महतो टाउकोमा गम्भीर चोट लागी बोल्न नसक्ने अवस्थामा नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
यसैगरी, हाल नामथर र ठेगाना नखुलेकी करिब २५/२६ वर्षीया महिला अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागी बोल्न नसक्ने अवस्थामा नयाँ मेडिकल कलेजमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी बिट पदमपुरबाट प्रहरी नायब निरीक्षक विजय डिम्डुङको कमाण्डमा प्रहरी टोली खटिएको थियो। दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया