×

गैँडाकोट- लुम्बिनी ICT क्याम्पस मातहत रहेको लुम्बिनी ICT क्लबले प्रविधि क्षेत्रमा सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको “LICT Hackathon Vol. 1” आजदेखि सुरु भएको छ।

आजदेखि १८ गतेसम्म क्याम्पस परिसरमा सञ्चालन हुने यस तीन दिने कार्यक्रममा विद्यार्थी, डेभलपर, डिजाइनर, स्टार्टअप इनोभेटर र प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याई स्थानीय समस्या समाधानका लागि नवीनतम प्रविधिमूलक उपाय प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ।

ह्याकाथनले विद्यार्थी तथा युवाहरूलाई प्रविधि क्षेत्रमा सिर्जनशील सोच र नवप्रवर्तनको अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट प्रविधि विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

 ह्याकाथनमा प्रथम हुने समूहले ३० हजार रुपैँया द्धितीय हुने समुहले २५ हजार तृतीय हुने समूहले १५ हजार र सान्तवना स्थान हाँसिल गर्ने समूहलाई ५ हजार रुपैँया पंदान गरिने छ  भने उत्कृष्ट टोलीहरूले प्रमाणपत्र र आकर्षक पुरस्कार प्राप्त गर्नेछन्। आयोजकहरूले चितवन, नवलपुर, रुपन्देही लगायतका  जिल्लाबाट १६ कलेजकाे सहभागिता रहेकाे छ ।

उद्घाटन सत्रमा प्रोफेसर डाक्टर हरिहर पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कैलाश कोइरालाले गर्नुभएको  थियो । अतिथिहरूमा क्याम्पस प्रमुख प्रताप कोइराला , सहायक क्याम्पस प्रमुख खिला देवकोटा, लुम्बिनी ICT क्लबका अध्यक्ष अशोक भट्टराई, इभेन्ट कोअर्डिनेटर आयुष घिमिरे लगायतको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिएको हो।

कार्यक्रम संयोजक आयुष घिमिरे, निर्देशक नरेन्द्र आले मगर र प्रमुख आयोजक अशोक भट्टराई हुन् भने लुम्बिनी ICT क्लबका विभिन्न प्राविधिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएका विशाल भण्डारीले समेत यस कार्यक्रमको जानकारी गराउनुभएको छ।

तपाईको प्रतिक्रिया