चितवन- चितवनको भरतपुर महानगरपालिका–१० स्थित बिशालचोकमा आज बिहान करिब १:३० बजे एक कार आफै अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ।
बा १५ च ४६९३ नम्बरको उक्त कार रमाइलो चोकबाट बिशालचोकतर्फ आउँदै गर्दा अचानक नियन्त्रण गुमाएर दुर्घटनामा परेको थियो। गाडी चालक भरतपुर महानगरपालिका–२ आँपटारी निवासी २८/२९ वर्षका डा. बिप्लब भट्ट गम्भीर घाइते भई तत्कालै उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो। तर, उपचारको क्रममा बिहान करिब २:०५ बजे उहाँको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



उज्यालो खबर




