×

काठमाडौँ – नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले बुलिङटार र बौदीकाली गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने मागसहित शुक्रबार गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा जिल्लाको दुर्गम भौगोलिक अवस्था र नागरिकले प्रशासनिक सेवा लिन कावासोतीसम्म जानुपर्ने कठिनाइलाई औंल्याउँदै तत्काल आवश्यक पहल गर्न माग गरिएको छ। सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन बौदीकाली गाउँपालिकाको केन्द्र नजिकै इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्नेमा विशेष जोड दिइएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा संघीय सांसद डा. शंसाङ्क कोइराला, सांसद विष्णु कुमार कार्की स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा र किसान संघलगायतका प्रतिनिधिहरू उपस्थित थिए।

काग्रेस नेता अमृत भट्टचनले  भन्नु भयो, “लामो समयदेखि उठाइएको यो माग अझै कार्यान्वयन भएको छैन। यसपटक प्रत्यक्ष भेटी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुपरेको हो।”

जनप्रतिनिधिहरूले लामो समयदेखि उठाइएको माग अझै कार्यान्वयन नभएको स्मरण गराउँदै यसपटक प्रत्यक्ष भेटी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुपर्ने अवस्था आएको बताएका छन्। उक्त कार्यक्रममा गृहमन्त्री रमेश लेखकले मागबारे ध्यानपूर्वक अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

तपाईको प्रतिक्रिया