ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मातहतका राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) स्तरका १४ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूचनाअनुसार सहसचिव र उपसचिव तहमा कार्यरत कर्मचारीहरूलाई विभिन्न विभाग, आयोजना र कार्यालयहरूमा जिम्मेवारी तोकिएको हो।
मन्त्रालयका अनुसार नियमित कार्यसम्पादनलाई प्रभावकारी बनाउन र जनसेवामा सहजता ल्याउने उद्देश्यले सरुवा गरिएको हो। सरुवा भएका कर्मचारीहरूले चाँडै तोकिएको कार्यालयमा कार्यभार सम्हाल्ने जनाइएको छ।




उज्यालो खबर




