×

गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

यस क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई बारामा सरुवा गरिएको छ । पौडेलले चितवनमा रहेर विभिन्न प्रशासनिक काम, शान्ति सुरक्षा व्यवस्थापन तथा समन्वयकारी भूमिकामा सक्रियता देखाएका थिए ।

नयाँ सरुवासँगै अब उनले बाराको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन् । गृहमन्त्रालयले अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पनि कार्यक्षेत्र परिवर्तन गरेको छ ।

तपाईको प्रतिक्रिया