×

नवलपुर – नवलपुरको कावासोती नगरपालिका–१६ कुमारी टोलमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ।शुक्रबार साँझ कुमारी टोलबाट सातघरेतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्रु ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका पीडितको टाउको, घाँटी र खुट्टामा चोट लागेको थियो। उपचारका लागि तत्कालै मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको भए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका छन्। हाल चालकको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया