चितवनस्थित अर्किड कलेजका विद्यार्थी सागर ज्ञवालीले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN) द्वारा सञ्चालित CA Final (CAP III) परीक्षामा राष्ट्रव्यापी पहिलो स्थान हासिल गरेका छन्।यही मात्र होइन उनले उक्त परीक्षामा ICAN को इतिहासमै सबैभन्दा उच्च अंक प्राप्त गर्दै नयाँ राष्ट्रिय कीर्तिमान पनि कायम गरेका छन्।
सागरको यस उपलब्धिले उनलाई नेपालको चार्टर्ड एकाउन्टेन्सी शिक्षामा एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।उनको निरन्तर अभ्यास गहिरो प्रतिबद्धता र आत्मविश्वासले आज उनलाई देशकै शिर्षस्थानमा पुर्याएको हो।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN) ले पुष्टि गरेअनुसार सागर ज्ञवालीले यसपटक प्राप्त गरेको अंक अहिलेसम्मका सबै परीक्षार्थीहरूमध्ये सबैभन्दा उच्च हो।यसले ICAN को परीक्षात्मक इतिहासमा नयाँ मापदण्ड स्थापना गरेको छ।
सागर ज्ञवालीको यो सफलता नेपाली युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।शैक्षिक क्षेत्रका विज्ञहरूका अनुसार, यस्तो उपलब्धिले देशमै चार्टर्ड एकाउन्टेन्सी अध्ययन गर्न चाहने विद्यार्थीहरूमा नयाँ उत्साह र आशा जगाउनेछ।
अर्किड कलेज चितवनले सागरको सफलताप्रति गर्व व्यक्त गर्दै यस उपलब्धिलाई कलेजकै लागि मात्र होइन सम्पूर्ण चितवन र राष्ट्रकै लागि गौरवको क्षण भएको जनाएको छ।



उज्यालो खबर




