कावासोती- पूर्व पश्चिम राजमार्गको कावासोती नगरपालिका–८ खरकट्टास्थित सडक खण्डमा आज बिहान करिब १०:०० बजे सवारी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्।डण्डाबाट नारायणगढतर्फ गइरहेको ना ४ ख ७७७६ नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा करिब २४–२५ जना यात्रु सवार रहेका मध्ये १३ जना यात्रु घाइते भएका छन्।
घाइतेहरूलाई तत्कालै उपचारका लागि भरतपुर अस्पताल र कावासोतीस्थित स्थानीय अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।दुर्घटनास्थलमा ९ जनाको प्रहरी टोली परिचालन गरिएको छ भने बस घटनास्थलमै रहेकाले हटाउने प्रयास भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
थप विवरण आउन बाँकी छ।



उज्यालो खबर




