नवलपुर — नवलपुरको गैँडाकोट नगरपालिका–१० स्थित खरखरे जंगलमा आइतबार दिउँसो भएको भयानक सवारी दुर्घटनामा ट्रक चालकसहित दुई जनाको मृत्यु भएको छ।
ना ५ ख ८४१७ नम्बरको ट्रक लु ५५ प ३१३४ नम्बरको स्कुटरमा ठोक्किएर सडकमै पल्टिँदा स्कुटर चालक र ट्रक चालक दुवैजना च्यापिएका थिए। उद्धारका लागि स्थानीयबासी र प्रहरी टोली घटनास्थलमा पुगे पनि समयमै उद्धार सम्भव नभएपछि दुवैको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनापछि ट्रक सडकमै पल्टिएको अवस्थामा रहेको छ भने ट्रक हटाउनका लागि क्रेन मगाइएको छ। मृतकहरूको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।



उज्यालो खबर




