काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुनेछ।
रूपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव हुँदैछ। उक्त चुनावमा उम्मेदवारीका लागि रास्वपाले ९ जनाको नामावली सार्वजनिक गरेको छ। शुक्रबार र शनिबार ती नाममाथि दाबी विरोध आह्वान गरिएको छ।



उज्यालो खबर

