×

इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिकको मुग्लिङ-नारायणगढ सडकखण्डमा आज दिउँसो सडक माथिबाट खसेको ढुंगा एक भारतीय कारमा खस्दा तीन जना घाइते भएका छन्।

दुर्घटना दिउँसो करिब २:२५ बजे भएको हो। नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट UP 80 GP 2928 को कार अचानक पहिरोका ढुंगाले च्यापेपछि सवार व्यक्तिहरु घाइते भएका हुन्।

तीनै जनाको प्रारम्भिक उपचारका लागि मुग्लिङस्थित स्थानीय मेडिकलमा पठाइएको छ।दुर्घटनामा कारमा  क्षति पुगेको जनाइएको छ। कार हाल घटनास्थलमै रहेको र हटाउने प्रक्रिया भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ।

घटनास्थलमा प्रहरी निरीक्षक द्वारिका खवासको कमाण्डमा ट्राफिक टोली खटिएको छ। यद्यपि, सडकमा कुनै अवरोध नभएको र सवारी सञ्चालन नियमित रहेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको विवरण यस प्रकार छ:
१. रतेन्द्र यादव, ४२ वर्ष, चालक – बायाँ हातमा चोट, अवस्था सामान्य।
२. हर्मोन यादव, ३३ वर्ष – ढाडमा चोट, अवस्था मध्यम।
३. हितेन्द्र यादव, ३५ वर्ष – हात खुट्टामा चोट, अवस्था सामान्य।

तपाईको प्रतिक्रिया