×

काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।उनी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति निकालेर न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको जानकारी दिएकी छन् ।

मंगलबार बिहान नै यो मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए । लगत्तै रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन् ।न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी २० फागुनसम्म छ ।

तपाईको प्रतिक्रिया