काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बैठक बेलुकी पौने सात बजेबाट सुरु भएको हो ।विचौलीयासँग घुस सम्वाद गरेको भनिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि बैठकमा सहभागी छन् ।
आज उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर सोधपुछ गरेका थिए । गुप्तालाई आजै प्रधानमन्त्रीले हटाउने चर्चा भए पनि अहिलेसम्म उनी मन्त्रीकै कुर्सीमा छन् ।मन्त्री गुप्ता र विचौलीयाहरुबीच ‘घुस लेनदेन’ को कुराकानी भइरहेको अडियो सार्वजनिक भए पनि तीव्र विवाद उत्पन्न भइरहेको छ ।



उज्यालो खबर




