भोजपुर — भोजपुर नगरपालिका–२ बस्ने राजेन्द्र राईले आफ्नै परिवारका चार सदस्यलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राजेन्द्र राईले आफ्ना सासु, ससुरा, श्रीमती र सालोलाई हतियार प्रहार गरी हत्या गरेपछि आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरेर आफूलाई पक्राउ गर्न आह्वान गरेका थिए।
प्रहरी तत्काल घटनास्थलतर्फ परिचालित भई अस्थायी प्रहरी पोष्ट ओख्रेबाट अभियुक्तलाई रामप्रसाद राई गाउँपालिका–१ हर्बुभन्ज्याङबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ। उनले पेटमा धारिलो हतियारले चोट लागेको पाइयो।
हत्या गरिएका व्यक्तिहरूमा ६८ वर्षीया बेलबहादुर गिर (ससुरा), बिन्दु गिर (सासु), र राजेन्द्रकी श्रीमती तथा सालो रहेका छन्।
हत्या गरिएका श्रीमती ‘अन्डर एज’ भएकाले प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।यो घटनाले भोजपुर क्षेत्रमा ठूलो सदमा सिर्जना गरेको छ।



उज्यालो खबर




