×

काठमाडौं । घरेलु टिम मलेसियाविरुद्ध नौ विकेटको जित निकाल्दै नेपाली युवा टिम एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार क्वालालम्पुरमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९१ रनको झिनो लक्ष्य नेपालले ११।४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रन बनाए । यस्तै, शिवान्स बजगाईंले २३ रन थपे ।मलेसियाका नागिनेस्वरण साथनाकुमारनले एक विकेट लिए ।त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३।१ ओभरमा सबै विकेट गुमाएर ९० रनको योगफल तयार पारेको हो ।

मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।नेपालका अभय यादवले सर्वाधिक चार विकेट लिए । यादवले १० ओभरमा १५ रन मात्र खर्चिए । यस्तै, १० ओभरमा ४ मेडन राख्दै १२ रनमात्र खर्चेर सुभम खनालले तीन विकेट लिए । कप्तान विपीन शर्मा र सचिन भट्टले समान एक विकेट लिए ।

नेपालले अब उपाधिका निम्ति हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया