×

चितवन- पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–९ स्थित टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

टाडिबाट भरतपुरतर्फ आउँदै गरेको NL-01N0133 नम्बरको ग्यास बुलेट र विपरित दिशाबाट जाँदै गरेको बा.प्र.०३–००१ख ३४१९ नम्बरको ट्रक ठोक्किँदा ट्रकका सहचालक २४ वर्षीय प्रविन प्रजा गम्भीर घाइते भएका हुन्। उनको टाउकोमा चोट लागेको र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला ट्रक सहचालकले चलाइरहेका थिए।

त्यस्तै, ग्यास बुलेटका चालक भारत बिहार राज्य गोपालगंज निवासी करिब ४५–५० वर्षीय जगदेव यादवको अनुहारमा चोट लागेको र दाहिने खुट्टा भाँचिएको बताइएको छ। उनी बोल्न सक्ने अवस्थामा रहेका र उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

ट्रक चालक ३१ वर्षीय सुवोध प्रसाद यादव, बाराको कलैया नगरपालिका–१७ निवासी, जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छन्। दुवै सवारी साधन नियन्त्रणमा लिइएको छ भने सडक अवरोध नभएको र सामान्य रूपमा सवारी आवागमन भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया