काठमाडौं-सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेको दण्डस्वरूप आफूले थुना ब्यहोरिरहेको बताएका छन्।
पार्टी स्थापना दिवसका अवसरमा थुनाबाटै सन्देश जारी गर्दै लामिछानेले आफू सत्तालोलुप नभएको बताउँदै सत्ताको नेतृत्व गर्ने प्रस्ताव त्यागेको दण्डस्वरूप थुना ब्यहोर्नुपरेको बताएका हुन्।
‘एकाथरी आलोचकहरू मलाई सत्तालोलुपको आरोप लगाउँछन्। म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो। अबसर आयो, होइदिउँ न भनेको भए कसले रोक्थ्यो र?,’ सन्देशमा उनले भनेका छन्।



उज्यालो खबर




