×

चितवन- चितवनको रत्ननगर नगरपालिका–६ सौराहा क्षेत्रबाट भिसाको म्याद सकिएर गैरकानुनी रूपमा बस्दै आएकी एक चिनियाँ नागरिकलाई प्रहरीले फेला पारी काठमाडौं अध्यागमन विभाग पठाएको छ।

पर्यटक प्रहरी सौराहाका अनुसार ५१ वर्षीया चिनियाँ नागरिक Zhu Li लाई विहीबार दिउँसो करिब ४:४५ बजे सौराहा क्षेत्रमै लुकिछिपि बसिरहेको अवस्थामा फेला पारिएको हो। भिसाको म्याद समाप्त भइसकेको अवस्थामा बस्दै आएकी उनलाई अध्यागमनसम्बन्धी अनुसन्धान तथा आवश्यक कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभागमा पठाइएको प्रहरीले जनाएको छ।

अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ। अध्यागमन नियम उल्लंघन गर्ने विदेशीहरूमाथि कानुनी कारबाही गरिने सम्बन्धित निकायले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया