×

चितवन- भरतपुर महानगरपालिकाले मनसुनको सुरुआतसँगै नारायणी नदीमा सञ्चालन हुँदै आएका सबै मोटरबोट व्यवसायहरू असोज मसान्तसम्मका लागि बन्द गर्न आदेश दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार नदीको जलस्तर बढ्दो क्रममा रहेकाले संभावित दुर्घटनाबाट जनधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। भरतपुर-१ स्थित नारायणी नदी किनारमा सञ्चालित सबै बोट व्यवसायीहरूले २०८२ असोज मसान्तसम्मका लागि सेवा बन्द गर्नुपर्ने उल्लेख गरिएको छ।

बढ्दो जोखिमका कारण व्यवसायीहरूलाई सेवा बन्द गर्न भनिए पनि यसबाट रोजगारी र आम्दानी प्रभावित हुने व्यवसायीहरूको गुनासो आउन सक्ने अनुमान गरिएको छ। यद्यपि, जनजीवनको सुरक्षा नै पहिलो प्राथमिकता भएकोले सबै व्यवसायीहरूले निर्णयको पालना गर्नुपर्ने महानगरले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया