काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा एक्लै विरुद्धमा उभिने भएको हो । एक नेताका अनुसार, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ ।
यसअघि माओवादी र समाजवादी पनि भिजिट भिसामा गृहमन्त्रीको राजीनामा माग गर्दै आएको थियो ।तर, एमाले, कांग्रेस र माओवादीले भने दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् ।रास्वपाले उक्त अडान अहिले पनि छाडेको छैन ।



उज्यालो खबर




