चितवन- चितवन जिल्लामा भएको यातायात मजदुर संघ र यातायात व्यवसायी संघद्वारा आयोजित बन्दका कारण अवरुद्ध भएका १० वटा टुरिस्ट बसहरूलाई आज बिहान सुरक्षित रूपमा स्कटिङसहित गन्तव्यतर्फ पठाइएको छ।
आज बिहान करिब ८:१५ बजे चितवनको रत्ननगर नगरपालिका–२, टाँडीचोकस्थित स्थानबाट काठमाडौं र पोखरातर्फ जान लागेका पर्यटक बोकेको बसहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको क्षेत्रीय युनिटले मोटरसाइकल स्कटिङसहित मुग्लिङ एरियासम्मको लागि सुरक्षा दिँदै यात्रा गराइएको हो।
पर्यटन व्यवसायमा अवरोध नहोस् भन्ने उद्देश्यले प्रहरी प्रशासनले चितवनबाट मुग्लिङसम्म विशेष सुरक्षा व्यवस्था मिलाएको हो। बन्दको कारण उत्पन्न असहज परिस्थितिमा पनि पर्यटकहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न चितवन प्रहरीले सक्रिय भूमिका खेलेको छ।
काठमाडौंतर्फ प्रस्थान गरेका बसहरू
१) प्र.३-००१प१६२३
२) बा.१प९७४
३) बा.१प६८९
४) बा.१प१३९१
५) बा.प्र.०१-००१प१७०३
६) बा.१प१३९९
७) बा.१प१०७९
पोखरातर्फ प्रस्थान गरेका बसहरू
८) ग.१प२८७
९) ग.१प१९१
१०) बा.१प१०७०



उज्यालो खबर




