काठमाडौं – सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको छ ।
अब यो रिटमा आदेश आउन बाँकी छ ।आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरे ।
लगत्तै रवि र छविका कानुन व्यवसायीहले जवाफी बहस गरेका थिए ।अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो ।त्यो आदेशपछि रुपन्देही जिल्ला कारागारमा उनी थुनामा छन् ।



उज्यालो खबर




