×

गैँडाकोट । नारायणी नदीले बगाएर नवलपुरको गैँडाकोटका एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ८ विजयनगर घर भएका ५५ वर्षका खेम देवकोटाको नदीले बगाएर ज्यान गएको हो ।
गैँडाकोट वडा नं. ६ मा रहेको पारिजात पार्क नजिकै नदीले बगाइरहेको देखेपछि माछा मार्ने स्थानीयहरुले देवकोटाको शव बाहिर निकालेका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरले घटनाको अनुसन्धान भैरहेको जनाएको छ

तपाईको प्रतिक्रिया