गोविन्द घिमिरे
गैँडाकोट- चितवनको खैरहनी स्थित आहार क्याफेमा खुकुरी प्रहार हुँदा ३ युवक घाइते भएका छन् । खैरहनी नगरपालिका वडा नं. ८ मा रहेको सो क्याफेमा खाजा खाइरहेका बेला एक्कासी खुकुरी प्रहारहुँदा ३ जना युवा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याफेमा खाजा खाइरहेका राप्ती नगरपालिका वडा नं.४ का २८वर्षका का दिपेन्द्रसिंह गोले, वडा नं. २ का २८ बर्षकै गणेश लामा र खैरहनी नगरपालिका वडा नं. ९ सिमलटाडी घर भएका २७ वर्षका अमृत आचार्य माथि खुकुरी प्रहार भएको हो । घाइते तिनैजनाको शरिरका विभिन्न भागमा चोट लागेको छ ।
घटना लगत्तै प्रहरीले अनुसन्धानका लागि भन्दै राप्ती नगरपालिका वडा नं. ४ का २९ बर्षिय मिलन रुम्बा र सोहि स्थानका बर्ष २९ कै विशाल लामालाई पक्राउ गरेको छ । घटनाको बारेमा अनुसन्धान तिव्र बनाइएको चितवन प्रहरीले जनाएको छ ।



उज्यालो खबर




