×

गैँडाकोट – राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सांसद तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज माननीय हरि ढकाल भोलि गैँडाकोट आउनुहुने भएको छ ।नयाँवर्षको अवसरमा रास्वपा गैँडाकोट नगरसमिति वडा नं. ७ ले गैँडाकोटमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन सांसद ढकाल गैँडाकोट आउन लाग्नुभएको हो ।

विहान ८ वजे गैँडाकोट ७ को हरिहर मन्दिर नजिकै आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सांसद ढकाल सहभागि हुने रास्वपाका नगर सभापति विमल घिमिरेले जानकारी दिनुभयो । सांसद ढकालले भोलि नै गैँडाकोट वडा नं. ६ र ७ मा रहेका विपन्न बस्तीका नागरिकहरुसँग प्रत्यक्ष घरदैलो तथा भेटघाट गर्ने कार्यक्रम समेत रहेको रास्वपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया