काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् ।उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।
यद्यपि उनी पक्राउ पर्न सकेका थिएनन् ।

उज्यालो खबर