काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।सोमबार बिहान देशका पहाडी भूभागमा मौसम आंशिक बदली भई बाँकी भूभागमा मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।त्यस्तै काठमाडौंको प्रदूषण कायमै छ।मौसमविद डेविड ढकालका अनुसार सोमबार दिउँसो चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णालीको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए। सोही प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले बताए।सोमबार राति भने वर्षाको सम्भावना छैन। यद्यपि पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको उनले बताए।
भोलिदेखि भने काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले बताए।पश्चिमी न्यूनचापीय प्रणाली र भारतबाट न्यूनचापीय प्रणाली भित्रने क्रममा रहेकाले मंगलबारदेखि काठमाडौं लगायतका स्थानमा वर्षाको सम्भावना रहेको उनले बताए।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, भारतमा आउने न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउने देखिन्छ। त्यसको प्रभावले भोलि सामान्य प्रभाव र पर्सीदेखि वर्षाको सम्भावना बढी नै छ, उनले भने।

उज्यालो खबर