गैँडाकोट –नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले यसै वर्षबाट नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम गर्न गईरहेको छ । नयाँवर्षलाई विशेष पर्वका रुपमा मनाउने लक्ष्यका साथ यस वर्ष गैडाकोट १२ नवलपुरमा रहेको होटल पौवा बाट नयाँ वर्षको पूर्वसंध्यामा विविध सांगितीक कार्यक्रम गर्ने तयारी गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
होटल पौवा गैँडाकोटका महाप्रबन्धक निशान खरेलले पौवाले नेपालीहरुले वर्षोंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको बताउनुभयो ।
चैत्र ३१ गते साँझ आयोजना हुने कार्यक्रममा थारु संस्कृतिमा आधारित साँगितीक कार्यक्रमबाट कार्यक्रमको थालनी हुनेछ भने चैत्र ३१ गतेको साँझलाई चर्चित गायक प्रकाश दुतराज, चर्चित गायिका दिपिका ब्याम्बु, श्रीधर अधिकारी लगायतका कलाकारहरुले मनोरन्जन प्रदान गर्नेछन् ।
कार्यक्रम स्थलमा प्रवेशलाई निःशुल्क गरिएको छ । कार्यक्रम स्थलमा ५० रुपैयाँ देखि पौवाका परिकारहरु लिन सकिने समेत व्यवस्था गरिएको होटल पौवाले जनाएको छ ।



उज्यालो खबर




