×

 

बझाङ। बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कुटपिट भएको छ । बिहीबार छबिसपाथिभेरा गाउँपालिका–२ का मुकेश ऐडीले कार्यकक्षमै पुगेर यादवमाथि आक्रमण गरेका थिए।यादव हालै कार्यकारीको रूपमा पालिकामा नियुक्त भएका थिए । कुटपिटबाट यादवलाई चोटपटक लागेको छ । उनको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।

जीप चालक ऐडी छविसपाथिभेरा गाउँपालिकाका खेलकुद समिति सदस्य पनि हुन् । उनले पालिकाले आफ्नो जीप प्रयोग गरी भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै कुटपिट गरेको बताइएको छ ।घटनापछि ऐडी फरार छन् र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षण सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले बताए।

प्रयोग गरिएको जीपको भाडाको बजेट अभावले रोकिएको र रकमान्तर गरेर भुक्तानी गरिने पालिकाले जनाएको छ ।जीप चालक ऐडी छविसपाथिभेरा गाउँपालिकाकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका गगन ऐडीका भतिजा पनि हुन् ।केहि समय अगाडि मात्रै मन्त्रालयले सिनियरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने भनेर परिपत्र गरेपछि गगन हटेर सन्जय आएका थिए ।

तपाईको प्रतिक्रिया