गैँडाकोट-पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट इङ्लिस स्कुलमा विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान विषयको पढाई हुने भएको हो ।स्कुलका प्रिन्सीपल हिरालाल अर्यालले यसै शैक्षिक सत्रदेखि स्कुलले विज्ञान विषयमा पढाइ सञ्चालन गर्न अनुमति प्राप्त गरेको उज्यालोलाई जानकारी दिनुभयो ।
एसइइको नतिजापछि स्कुलमा कक्षा ११ मा भर्नाहुने विद्यार्थीहरुका लागि लक्षित गर्दै स्कुलले नयाँ विषय थप गरेको हो । विद्यार्थी तथा अभिभावकहरुको अनुरोधमा स्कुलले नयाँ संकाय थप गरेको अर्यालले बताउनुभयो । विज्ञानको पढाइ हुने भएपछि विद्यार्थी र अभिभावकहरुमा उत्साह थपिएको छ ।
गैँडाकोट नगरपालिकाको एकमात्र क बर्गको गैँडाकोट इङ्लिस स्कुलमा यसअघि होटल म्यानेजमेन्ट र कम्प्युटर साईन्समा पढाइहुदै आएकोमा यसै शैक्षिकसत्रदेखि विज्ञान विषय थप गरिएको हो ।



उज्यालो खबर




