×

गैँडाकोट । फेन्सी व्यवसायी संघ चितवनको ३७ औं स्थापना दिवस सम्पन्न भएको छ। फेन्सी ब्यवसायी संघ चितवन का अध्यक्ष राम प्रसाद पौडेल को सभाअध्यक्ष मा उद्योग वाणिज्य संघ चितवनको सभाहल मा प्रमुख अतिथि सुमन कुमार श्रेष्ठले पानस मा दीप प्रज्वलन गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिहरुमा फेन्सी साकोसका अध्यक्ष पदम बहादुर केसी, उद्योग बाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी,प्रथम उपाध्यक्ष राजेन्द्र ओली, द्वितिय उपाध्यक्ष अशोक अधिकारी र तृतीय उपाध्यक्ष तथा वस्तुगत समन्बय संयोजक नारायण प्रधान रहनुभएको थियो।

फेन्सी ब्यवसायी संघले स्थापना दिवसको अवसरमा आफ्ना सदस्यहरूको स्वास्थ्य परीक्षण समेत गर्नुका साथै खेलकुद प्रतियोगिता समेत सम्पन्न गरेको छ । संघको स्थापना दिवस को अवसर पारेर फेन्सी ब्यवसायी संघ को कार्यालय कमलनगरमा स्थानान्तरण गरिएको छ । कार्यालयको आजै ै उद्योग वाणिज्य संघ का अदक्ष सुमन कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको फेन्सी व्यवसायीसंघ चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया