×

गैँडाकोट । लायन्स क्लब अफ गैंडाकोट सप्तरङ्गीको वर्ष २०२५।२६ को अध्यक्षमा सकिला परियार निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न दोस्रो अधिवेशनले परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा सुर्दशन प्रसाद पोखरेल, द्धितीय उपाध्यक्षमा पार्वती शर्मा, सचिवमा सरिता ढकाल, कोषाध्यक्षमा रेनु भण्डारी, (तिवारी) सहचिवमा विमला लम्साल र सहकोषाध्यक्षमा बिष्णुमाया थापा चयन हुनुभएको लायन्स क्लब अफ गैंडाकोट सप्तरङ्गीका संस्थापक अध्यक्ष गोमा लुईटेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया