×

गैँडाकोट-  गैँडाकोट नगरपालिका वाड नं. ५ ले आइतबारदेखि गरेको तीन दिने उद्घोषण तालिमको मंगलबार समापन गरेको छ ।टोल विकास संस्था तथा महिला समूहका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम गरिएको गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले बताउनुभयो ।

तालिमको उद्देश्य अनुसार सहभागिहरु प्रशिक्षित भएको देख्दा खुसी लागेको अध्यक्ष सापकोटाले बताउनुभयो । नगरकार्यपालिका सदस्य तथा वडा सदस्य शान्ति न्यौपानेलेले सिकेका कुरा व्यवहारमा उतार्न सुझाब दिनुभयो ।

प्रत्येक टोल विकास संस्थाभित्र आयोजना हुने कार्यक्रम सञ्चालन गर्न अब सहजता मिल्ने वडा सदस्य न्यौपानेले विश्वास व्यक्त गर्नुभयो । सहभागिहरुले आफ्नो अनुभव सुनाउँदै वाककला जीवन जिउन सहज बनाउने कला भएको हुँदा यसलाई सदैव व्यवहारमा उतार्ने बताएका छन् ।कार्यक्रममा पत्रकार  श्रीधर उपाध्याय र धनु भूषालले प्रशिक्षण दिनुभएको थियो ।

गैँडाकोट ५ का सबै टोल तथा महिला समूहका गरि ४५ जनाको सहभागिता रहेको थियो । वडा सदस्य उषा परियारले समापन कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा टोल विकास संस्था समन्वय समिति सदस्य विष्णुप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया