×

 

गैँडाकोट – रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेको होटल पौवामा चलिरहेको प्रथम नगर अधिवेशन मार्फत नयाँ नेतृत्व चयनका लागि केहिवेरपछि मतदान हुन लागेको निर्वाचन समितिका संयोजक मिना शर्मा (गौडेल) ले बताउनुभयो ।

१५ सदस्यीय नगर समिति मध्ये सभापति र सचिव पदमा मात्रै भोटिङ हुन लागेको हो । सभापति पदमा निवर्तमान सभापति ज्ञानहरी कंडेल र उपसभापति विमल घिमिरे तथा सचिव पदमा अस्मिता घिमिरे र ईन्द्रकान्त रेग्मीले आ आफै दावि गरेपछि ती पदहरुका लागि चुनाव हुन लागेको उहाँले बताउनुभयो ।

पाँच पदाधिकारी मध्ये उपसभापतिमा नारायण अधिकारी र सहसचिवमा कमल सापकोटा निर्विरोध निर्वाचित भैसकेका छन् । त्यसैगरी अन्य १० जना सदस्यहरुसमेत निर्वाचित भैसकेका छन् । पदाधिकारी मध्ये कोषाध्यक्ष पदमा एकजनालाई पछि मनोनित गर्ने रास्वपाको प्रावधान छ ।

नयाँ नेतृत्व चयनका लागि २६९ जना सदस्यहरुले मतदान गर्ने र आजै अवेर नतिजा आउने निर्वाचन समितिले जनाएको छ । रास्वपा गैँडाकोटको प्रथम नगर अधिवेशनको आज विहान पार्टीका केन्द्रीय तथा संघीय सांसद हरि ढकालले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया