गैँडाकोट – क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) चितवनको अध्यक्षमा सरिता पौडेल निर्वाचित हुनुभएको छ । डब्लुडब्लुजे चितवनको भरतपुरमा भएको चोथौ अधिवेशनले पौडेलको अध्यक्षतमा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा संगिता आचार्य, सचिवमा सोभा पुडासैनी, कोषाध्यक्षमा प्रतिमा तामाङ र सहसचिवमा सविता अधिकारी चयन हुनुभएको छ । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा सुजिता हमाल, सविना लामिछाने, निशा श्रेष्ठ, निरुता बिके, भाग्यश्वरी गायक र लक्ष्मी ढकाल रहनुभएको छ ।
क्रियाशील पत्रकार महिला चितवनका अध्यक्ष प्रमिता ढकालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनशत्रमा पत्रकार महासंघका उपाध्यक्ष दिपेन्द्र अधिकारी, शान्ता अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) चितवनमा यसअघि शान्ता अधिकारी र प्रमिता ढकालले नेतृत्व गरिसक्नु भएको छ ।



उज्यालो खबर




