तपाईं कसरी सुत्नुहुन्छ ? यस्तो छ सही तरिका
स्वस्थ रहनका लागि राम्रो खानपान र व्यायाम जस्तै राम्रो निद्रा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पूर्णनिद्रा सुत्न पाउँदा थकान महसुस हुँदैन र दिमाग दिनभर ताजा रहन्छ। राति राम्ररी निन्द्रा लागेन भने भोलिपल्ट धेरै समस्या देखा पर्न सक्छन् ।
दिनभरको थकाइपछि राम्रो निद्राको आवश्यकता सबैलाई हुन्छ। राम्रो निद्राका लागि सुत्ने तरिका पनि आरामदायी र सजिलो हुन जरुरी छ ।
सही तरिकाले कसरी सुत्ने ?
हामी सुत्दा कुन आशनमा सुतेका थियौँ र ब्युँझँदा कुन दिशामा ब्युँझिँयौ भन्ने कुरा हामीले खासै याद गरेका हुँदैनौँ। तर, सुत्ने सही तरिका पत्ता लगाउन थुप्रै शोधकर्ताले विभन्न पक्षबाट अनुसन्धान गरेका छन्।
उनीहरूले मानिसलाई सुतिरहेका बेला धेरै सेन्सरहरू जडान गरे, धेरै ब्यान्ड लगाए ताकि सुतिरहेका बेला उनीहरूका गतिविधि निगरानी गर्न सकियोस्। हङकङका अनुसन्धानकर्ताहरूले ‘ब्ल्यांकेट एकमोडेटिभ स्लीप पोस्चर क्लासिफिकेशन सिस्टम’ नामक प्रविधि विकास गरिरहेका छन्।
यस प्रविधिमा इन्फ्रारेड क्यामेराको प्रयोग गरिन्छ । यो प्रविधिको माध्यमबाट कुनै व्यक्ति बाक्लो कम्बल ओढेर सुतिरहेको अवस्थामा पनि भित्र गएर उसको निद्राको ढाँचा पत्ता लगाउन सक्छ ।
सामान्यतया हामी सानो हुँदा धेरैजसो उत्तानो परेर सुत्छौँ। तर जब हुर्कँदै जान्छौँ, कोल्टो सुत्ने बानी विकास हुँदै जान्छ। वरिष्ठ इन्टरनल मेडिसिन विशेषज्ञ डा.विद्यासागर कुमार भन्छन् ‘सुत्दा हाम्रो शरीरले आफूलाई हिल गर्छ, त्यसैले सुत्ने ढाँचा ठीक भएन भने हाम्रो शरीरले आराम पाउँदैन।’



उज्यालो खबर




