चितवन – भरतपुर महानगरपालिकाका मेयर रेनू दाहालले २०८४ सालको संसदीय निर्वाचन चितवनबाटै उम्मेदबार बन्ने खुलासा गरेकी छिन्।हिमालयन टेलिभिजनमा अन्तर्वाता दिदै प्रचण्ड पुत्री समेत रहेकी मेयर दाहालले अवको चुनावमा चितवनबाट उम्मेदबार बन्ने बताइन्।
चितवन क्षेत्र नं. २ कि ३ भन्ने प्रश्नमा उनले क्षेत्र एकिन भै नसकेपनि कुनै एकक्षेत्रबाट आफु उम्मेदबार हुने बताइन् । मेयर दाहालका पिता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डले गोरखा जानु अघि चितवन क्षेत्र नं. ३ बाट उमेदबारी दिदै बिजयी समेत हुनुभएको थियो ।

उज्यालो खबर