गैँडाकोट – नवलपुरको गैँडाकोटमा बिपी स्मृति कम अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाली काँग्रेस गैँडाकोट नगर समितिको आयोजनामा आजदेखि हुने प्रतियोगिताको सबै तयारी पूरा भएको नेपाली काग्रेश गैँडाकोटले जनाएको छ ।
विहान ११ वजे गैँडाकोट वडा नं. ३,४ र ८ मा पर्ने प्रस्तावित क्षेत्रीय रंगशालामा संघीय शासंद डाक्टर शंशाकं कोइरालाले बिपी स्मृति कम अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
काँग्रेस नगरसभापति बद्री सापकोटाले बीपीको सम्मान र सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । प्रतियोगितामा गैँडाकोट सहित जिल्लाका सबै स्थानीय तहहरुबाट खेलाडीहरु सहभागि हुनेछन् ।आजको उद्घाटन खेलमा बुलिङटार गाउपालिका र हुप्सेकोट गाउँपालिका विच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख रुयैयाँ नगद , शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुने समूहलाई ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ता, सर्बोत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कारको ब्यवस्था गरिएको प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो ।



उज्यालो खबर




