×

 

चितवन – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा चितवनका सबै नगरपालिकाहरुलाई पछि पार्दै इच्छाकामना गाउँपालिका जिल्लामा दोस्रो हुँदै ७२ अंक गर्न सफल भएको छ ।  १०० अंकभारको मूल्यांकनमा इच्छाकामनाले गतबर्षभन्दा निकै सुधारिएको सो अंक प्राप्त गरेको हो । कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा गत आर्थिक बर्ष २०७९/८०मा इच्छाकामना गाउपालिकाले हालको भन्दा कम अंक प्राप्त गरेको थियो ।

कार्यसम्पादन मुल्यांकनमा चितवन जिल्लामा भरतपुर महानगरपालिका ७६.२ अंकसहित सबैभन्दा उच्च स्थानमा रहेको छ ।जिल्लामा तेस्रो स्थानमा रत्ननगर नगरपालिकाले ७०.१, चौथो स्थानमा माडी नगरपालिकाले ६९, पाँचौं स्थानमा खैरहनी नगरपालिकामा ६६.८ र छैठौं स्थानमा कालीका नगरपालिकाले ६४.३ अंक प्राप्त गरेको छ । राप्ती नगरपालिकाको भने सातौं स्थानमा ४३.३ अंक रहेको छ ।

वित्त आयोगले निर्धारित समयमा नगररगाउँसभा, आवधिक र अन्य योजना, विभिन्न कर संकलन, विद्यालय भर्ना, सामुदायिक विद्यालयबाट एसइईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, पूर्ण खोप, सरसफाई, हरियाली प्रवद्र्धनको अवस्था लगायतलाई सूचकमा राखी बार्षिक रूपमा देशव्यापी मुल्याङ्कन गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया