×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको किसान मार्ट (खाद्यान्नको सपिङ सेन्टर) मा गएराति चोरी भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ मा रहेको किसान मार्टबाट गएराति ११ वजे २ लाख बराबरको नगद र जिन्सी चोरी भएको हो ।
मार्टका कोषाध्यक्ष डिलाराम सापकोटाले किसान मार्टको जस्तापाता उप्काएर भित्र पसेर काउन्टरमा रहेको नगद १ लाख ५० हजार र मदिरा र चुरोट गरि २ लाख बराबरको चोरी भएको जानकारी दिनुभयो । घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया