×

 

नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ ।

सरकारले ल्याएका अध्यादेशको संसदमा पनि आलोचना हुनसक्ने भएकोले एमालेले त्यसको प्रतिवादको रणनीति पनि यो बैठकबाटै बनाउनेछ । यसअघि सत्तारुढ दलको बैठकले पनि एकमतका साथ संसदमा उपस्थित हुने निर्णय गरिसकेका छन् ।आजको बैठकमा हिउँदै अधिवेशनका बैठकमा पेस हुने विधेयकका विषयमा पनि छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया