×

चितवन- वृज एडिटिभ्स्ले नयाँ उत्पादनहरूको शृंखला सुरु गरेको घोषणा गरेको छ । नयाँ शृंखलाका रुपमा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाल पुटिन र वाटरप्रुफिङ सिस्टम समावेश छन् ।

वृज एडिटिभ्स्को नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकताहरू पूरा गर्नका नयाँ वस्तुहरुको उत्पादन गरिएको आज भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । भारत र चीनबाट आयातित हुने वस्तुको रोकथामका लागि नेपालमा नै उत्पादन गर्न लागिएको उद्योगले जानकारी दिएको छ । उद्योगका अनुसार अहिले यि वस्तुहरु भारतबाट ९० प्रतिशत आउने गर्दछ ।

नेपालमा उत्पादित वस्तुहरु सस्तो समेत हुने वृज एडिटिस प्रालिका प्रबन्ध निर्देशक रञ्जन कुमारले बताए । ‘अहिले भारतबाट ५० केजिको ९ सय रुपैयाँ रुपैयामा भित्रिरहेको छ’, उनले भने ‘नेपालमा हामीले ६ सय रुपैयाँमा बिक्री गर्न सक्छौँ ।’ यहाँ सिमेन्ट र बालुवाको उत्पादन राम्रो भएकाले उत्पादित खर्च कम लागेको उनले बताए । वृज एडिटिभ्स्को उद्योग भैरहवामा रहेको छ । उद्योगको विस्तारै भारतबाट आउने वस्तुलाई रोक्ने लक्ष्य रहेको उनले बताए ।

सय वर्षभन्दा बढी समयदेखि नेपाली व्यवसायमा विश्वासिलो नाम केडिया अर्गनाइजेसन हिस्सा रहेको वृज एडिटिभ्स्ले गत तीन वर्षदेखि अत्याधुनिक उत्पादन निरन्तर उत्पादन गर्दै आएको छ । उत्पादनहरू उच्च प्रदर्शन, मजबुत टिकाउपन र उच्चस्तरको स्थायित्व प्रदान गर्नका लागि इन्जिनियर गरिएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया