×

गैँडाकोट। भेडाबारी सामुदायिक वन गैँडाकोटको अध्यक्षमा भोजबहादुर महत्तो निर्वाचित हुनुभएको छ । वनको ७ औँ अधिवेशन अन्तर्गत शनिवार  भएको निर्वाचनबाट महत्तो निर्वाचित हुनुभएको छ ।

वनको उपाध्यक्षमा कमल धिताल, सचिवमा दुर्गादेवी धिताल लामिछाने, कोषाध्यक्ष केशरीमाया नेपाली, सहसचिवमा नरदेवी सुनार निर्वाचित हुनुभएको हो । यस्तै सदस्यहरुम भेषराज थनेत, संगिता महत्तो, टिकामाया सुगरपाक, बुद्धीमाया नेपाली, गिता लामिछाने, बिर्खमाया सोमै, ओमकली बास्तोला, प्रजापति सापकोटा, यामप्रसाद सापकोटा, मुकुन्द कोइराला निर्वाचित हुनुभएको छ ।

लेखा संयोजकमा चुनबहादुर केसी र सदस्यहरुमा छमकुमारी महत्तो र भीमप्रसाद सुवेदी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक गोविन्द कोइरालाले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया