चितवन – अधिकृत व्यवसायी संघ चितवनको १७ औँ बार्षिक साधारणसभा तथा नवौ अधिवेशनले रामजी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।उद्योग बाणिज्यसंघ चितवनको सभाहलमा शनिवार सम्पन्न संघको नवौ अधिवेशनले घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मनोज रौनीयार, महासचिवमा उद्धवप्रसाद अधिकारी, सचिवमा निर्मल ढकाल, र कोषाध्यक्षमा कुलप्रसाद अधिकारी चयन हुनुभएको छ । त्यसैगरी कार्यसमितिका अन्य सदस्यहरुमा निरेश कुमार सिहं,भविराज घिमिरे,कृष्णप्रसाद अधिकारी, देवीप्रसाद गौतम,श्रीराम त्रिपाठी र मनोज न्यौपाने रहनुभएको छ ।
अधिकृत व्यवसायी संघ चितवनका अध्यक्ष नारायण प्रधानको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटनशत्रमा उद्योगा बाणिज्यसंघ चितवनका अध्यक्ष सूमनकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदी सहित लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।



उज्यालो खबर




