×

नवलपुर— भारतीय तीर्थयात्री लिएर नेपाल आइरहेको भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ ।महेन्द्रराजमार्गको दाउन्ने क्षेत्रमा शनिबार गुडिरहेको अवस्थामा उक्त कारमा आगलागी भएको हो ।

यात्रुहरुले तत्काल बाहिर निस्केर ज्यान जोगाएको प्रहरीले जनाएको छ । कारमा पाँच जना यात्रु सवार थिए । यात्रुको सामान र पैसा भने कारसँगै डढेको छ । के कारणले कारमा आगलागी भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार भारतबाट काठमाडौंस्थित पशुपतिनाथ दर्शनका लागि महेन्द्रराजमार्गको दाउन्ने आइपुग्दा उक्त कारमा अचानक आगलागी भएको हो । राजमार्ग विस्तारका लागि भन्दै ४ वर्षअघि भत्काएर अलपत्र छोडिएको दाउन्ने–दुम्कीबास सडकमा आगलागी भएको हो । चिनियाँ ठेकेदारले सडक विस्तार गर्ने भनेर काम नगरेका कारण बर्दघाट–दाउन्ने–दुम्कीवास सडक धुलाम्य छ ।

तपाईको प्रतिक्रिया