चितवन । चितवनको नारायणगढमा भएको अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगितामा लिटिल फ्लावर स्कुल, परवानीपुर प्रथम भएको छ ।
नारायणगढको लिटिल फ्लावर स्कुल नारायणगढको आयोजनामा भएको अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगितामा २६ विद्यालयहरुलाई पछि पार्दे परवानीपुरमा रहेको लिटिल फ्लावर स्कुल प्रथम भएको हो । प्रतियोगितामा सनराइज इङ्लििस सेकेन्डरी स्कुल दोस्रो र स्मलहेभन मोडेल स्कुल तेस्रो भए । यसैगरी चौथो स्थानमा ओमशान्ति एकेडेमी र पाँचौ स्थानमा अर्किड सेकेन्डरी स्कुल रहे ।
नृत्य प्रतियोगितामा प्रथम द्धितीय तृतीय, चौथो र पाँचौ स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः ३० हजार, २० हजार,१५हजार,५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ ।लिटिल फ्लावर स्कुल नारायणगढका प्राचार्य फादर सुबुको अध्यक्षता तथा चर्चित गायिका कुन्ती मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि संगिताकार शिलाबहादुर मोक्तान रहनुभएको थियो ।




उज्यालो खबर




