गैँडाकोट- चितवनको भरतपुर महानगरपालिका वडा नं. ७ एक पुरुष नारायणी नदीमा मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं. ७ उज्वलटोल घर भएका ५० वर्षका दधिराम अधिकारी गैँडाकोट ६ स्थित नारायणी नदीमा मृत अवस्थामा भेटिएको नवलपुर प्रहरीले जनाएको छ ।
कार्तिक १८ गते दिउसो ३ वजेदेखि परिवारको सम्पर्क बाहिर रहेका अधिकारीको शव आज दिउसो नदी किनारमा पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो । घटनाको सम्वन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



उज्यालो खबर




