विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।१७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।
धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।
हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् । आफू नफर्किउन्जेल साम्पाङले २३ असोजमा वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न भनेका छन् ।




उज्यालो खबर




